उपेन्द्र यादवले भने, ‘गौरकाण्डको धम्की मलाई नदिनु, माडीकाण्ड, झापाकाण्ड पनि छन्’

डिसी नेपाल
१६ मंसिर २०७६ १८:५०

काठमाडौं। समाजावादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं कानूनमन्त्री उपेन्द्र यावदले आफुलाई गौर हत्याकाण्डको धम्की कसैले पनि नदिए हुने बताएका छन्।

पत्रकारहरुसँगको कुराकानीमा उनले भनेका छन्, ‘गौर काण्डको धम्की नदिए हुन्छ, चितवनको माडी पनि हत्या काण्ड भएको छ, झापा काण्ड पनि भएको छ। सशस्त्र द्वन्द्वका क्रममा धेरै काण्ड भएका छन्। गर्ने हो भने सबैको समष्टिगत रुपमा गरौं नभए यो धम्की दिएर हुँदैन।’

उनले गौर हत्या काण्डाको कुरा राष्ट्रिय अखण्डता विरोधीले उठाएकोसमेत बताएका छन्। प्रधानमन्त्री केपी ओलीले अपमानजनकरुपमा उनको मन्त्रालय परिवर्तन गर्दा पनि गौरकाण्डको डरले उनले सरकार नछोडेको चर्चा भइरहेका बेला उनको यो भनाई आएको हो। उनले प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रालय परिवर्तन गरेर कुनै अपमान नगरेको समेत बताएका छन्।

फरक प्रसंगमा उनले राजपाले सरकार छोडेमात्र पार्टी एकता हुने कुरा गर्न गलत भएको बताएका छन्। पार्टी एकीकरण भएपछिमात्र सरकारबारे निर्णय गर्न सकिने भन्दै अहिले अलग्गै पार्टीले आफ्नै किसिमको निर्णय गर्नुपर्नेसमेत बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *