पोखरामा सरकारले स्थानीय प्रशासन लगाएर धाँधली गर्यो : देउवा

डिसी नेपाल
१६ मंसिर २०७६ १९:३८

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रसासन लगाएर धाँधली गरेको आरोप लगाएका छन्।

सोमबार पार्नी मुख्यालय सानेपामा कांग्रेस नेता स्व भिमबहादुर तामांगको ७ औं स्मृति सभामा बोल्दै सरकारले धाँधली गरेको उनले आरोप लगाएका हुन्।

पोखराको निर्वाचनमा स्थानीय प्रशासनले निष्पक्ष काम नगरेको आरोप लगाउँदै सभापति देउबाले प्रशासनलाई पोखरामा सरकारले कांग्रेस बिरुद्ध प्रयोग गरेको पनि दावी गरे। कांग्रेसको मत भएको क्षेत्रमा बम पड्काउन लगाएर जनतालाई त्रासमा राखेर निर्वाचनमा धाँधली गरेको सभापति देउबाको जिकिर थियो।

कार्यक्रममा बोल्दै बरिष्ठ नेता राम चन्द्र पौडेलले जनता सरकारप्रति असन्तुष्ट रहे पनि कांग्रेसलाई रोज्न नसकेको भन्दै समिक्षा हुनु पर्ने बताए।

निर्वाचनको नतिजाले जनता सरकारसँग असन्तुष्ट भए पनि कांग्रेस भरोसा गर्न योग्य भएन भन्ने संकेत हो नेता पौडेलले भने । कांग्रेसले इतिहास जपेर मात्र नहुने भन्दै जनतालाई भविष्यमा कस्तो नेपाल दिने भनेर सोच्ने बेला आएको बताए। कार्यक्रममा बोल्ने अन्य नेताहरुले निर्वाचन परिणामलाई गम्भीर ढंगले समिक्षा गर्नुपर्ने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *