दक्षिण एशियाली खेलकुद : लनटेनिसको टिम इभेन्टमा नेपालका दुबै टिम सेमिफाइनलमा

डिसी नेपाल
१६ मंसिर २०७६ २२:४०

काठमाडौं। दक्षिण एसियाली खेलकुद अन्तर्गत लन टेनिसमा नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन्।

सातदोबाटोस्थित लन टेनिस कोर्टमा सोमबार भएको क्वार्टरफाइनलको खेलमा नेपालले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले ३–० को सहज जित निकालेको हो। पुरुष सिंगल्समा नेपालका प्रणव खनालले मोहम्मद आलमगिरलाई ६–० र ६–१ मा हराए।

त्यस्तै संरक्षक बज्रचार्यले श्री अमोल रोयलाई हराए। पहिलो सेटमा २–६ को पराजय भोगेका संरक्षकले दोस्रो सेटमा ६–२ को जित निकाले। अन्तिम सेटमा रोय घाइते भएपछि प्रवणले जित निकाल्दै डबल्स अगावै नेपाललाई सेमिफाइनलमा पु¥याए।

डबल्समा नवीन पाइजा र प्रदीप खड्काको जोडीले सोझो सेटमा जित निकाल्दै नेपाललाई ३–० को जित दिलाए।

अब नेपालले भारतसँग प्रतिष्पर्धा गर्नेछ। भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको छ।

पुरुषतर्फ भुटान पनि सेमिफाइनलमा पुग्यो। भुटानले माल्दिभ्सलाई ३–० ले नै हरायो। सिंगल्सतर्फ पेमा नोर्बुले अबदुल्ला फजिललाई ७–६(५), ५–५ (रिटायर्ड) को सेटमा हराए।

त्यस्तै तान्डिन वाङ्चुकले इग्नाज मन्सुरलाई ६–२ र ६–४ ले हराए।

डबल्समा निदुप ग्याछेन र पेमा नोर्बुको जोडीले नाजिफ हुसेन र इग्नाज मन्सुरको जोडीलाई ४–६, ६–४ र ७–६(३) ले हराए। भुटानले सेमिफाइनलमा पाकिस्तानसँग खेल्नेछ।

पाकिस्तानले श्रीलंकालाई २–१ ले हराया । सिंगल्सतर्फको पहिलो खेलमा अइसम उल हक कुरेसीले शर्मल दिसानायकेलाई ६–७(५), ६–४ र ६–४ ले हराए। दोस्रो सिंगल्समा श्रीलंकाका दिनेश कान्तन थरंगराजले अकिल खानलाई ६–१ र ६–० ले हराउँदा बराबरी भयो।

डबल्सतर्फ भने मुहम्मद अबिद र मुजामिल मुर्ताजाको जोडीले सुरेन बालाचन्द्रन र निलाविरा चतुर्या डानिदुको जोडीलाई ६–३ र ६–३ ले हराएपछि पाकिस्तान पनि सेमिफाइनलमा पुग्यो।

महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनलमा पुगे। नेपालले माल्दिभ्सलाई ३–० ले हरायो। सिंगल्समा सलोनी तामाङले आयानी मुसा कलिमलाई ६–४ र ६–० ले हराइन्। अर्को सिंगल्समा प्रेरणा कोइरालाले जिना अब्दुर रसिदलाई ६–१ र ६–३ ले पराजित गरिन्।

डबल्समा रायना शाह र प्रकृति श्रेष्ठको जोडीले रिफ्गा युसुफ नजिब र मारियम हस्मा हजिबलाई ६–३ र ६–३ ले हराइन्।

श्रीलंकाले बंगलादेशलाई ३–० ले हरायो। अनिका सिनेभिरत्नेले जरिन सुल्ताना जोलीलाई ६–२ र ६–३ ले हराइन् । त्यस्तै अञ्जलिका कुरेराले रिन्भी अक्थर तृप्तीलाई ६–० र ६–१ ले हराइन्। डबल्सतर्फ अलाना सेनेभिरत्ने र रुक्सिका विजसुर्यको जोडीले इशिता अफ्रोस र सुस्मिता सेबको जोडीलाई ६–३ र ६–१ ले हराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *