श्रीलङ्काका राष्ट्रपतिलाई पाकिस्तान भ्रमणको निम्तो

डिसी नेपाल
१६ मंसिर २०७६ २२:४७

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेलाई पाकिस्तानले पनि भ्रमणका लागि निमन्त्रणा गरेको छ ।

पाकिस्तानका विदेश मन्त्री मोहम्मद कुरेशीले सोमबार भेटेर राजापाक्षेलाई पाकिस्तान भ्रमणको निमन्त्रणा दिएका हुन् ।

उनले पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले पठाउनुभएको निमन्त्रणापत्र श्रीलङ्काली राष्ट्रपति राजापाक्षेलाई हस्तान्तरण गरेका थिए।

निमन्त्रणापत्र बुझाउने क्रममा भएको भेटवार्तामा उनिहरुबीच दुई पक्षीय हित, साझा चासो, समसामयीक विषयवस्तु, आपसी सम्वन्धलाई थप सुधार पार्ने लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

पाकिस्तानी विदेश मन्त्री कुरेशी दुई दिने भ्रमणका लागि आइतबार कोलम्बो आइपुगेका हुन् । उनले नवनियुक्त श्रीलङ्काली समकक्षी दिनेश गुनावर्देनालाई पनि भेटेका छन् ।

उनिहरुका बीचमा पनि दुई पक्षीय हित, व्यापार, लगानी, पर्यटन, जनस्तरको सम्वन्ध, साझा चासोलगायतका विषयमा छलफल भएको विदेश मन्त्रालयले जनाएको छ । (रासस/एएनआई)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *