पोखरामा पनि आतिसवाजीसहित सागको शुभारम्भ

पोखरा। पर्यटकीय नगरी पोखरामा पनि १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) को सोमबार आतिसवाजी सहित शुभारम्भ भएको छ।

आइतबार काठमाडौंमा भव्य समारोहका बीच उद्घाटन भएको भोलिपल्ट सोमबार ८ वटा खेल हुने पोेखरामा पनि काठमाडौंकै जस्तै गरी आतिसवाजीसहित उक्त खेलको शुभारम्भ गरिएको हो।

उद्घाटनको अवसरमा मार्च पासमा सोनी गुरुङले नेपालको झण्डा बोकेकी थिइन्। उनले ट्राय्थलनमा पोखराबाट पहिलो स्वर्ण पदक दिलाएकी हुन्। ७ देशका खेलाडी एवं अफिसियलहरुलाई पोखरामा स्वागत गर्न पोखरा रंगशाला सिंगारिएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उक्त खेलको शुभारम्भ गर्दै पोखरामा हुने सागलाई भव्य रुपमा सफल पार्न आग्रह गरेकाछन्। उनले भने, “पोखरामा धेरै छिटो खेलकुदका भौतिक संरचना निर्माण भए, यसमा हाम्रा खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्नेमा हामी विश्वस्त भएका छौं, पोखरामा हुने खेल भव्य रुपमा सम्पन्न गर्न सवै क्षेत्रको सहयोगको अपेक्षा गरेका छौं।” पोखरामा सागका केही खेल हुनु पोखरा र प्रदेशकै गौरवको बिषय भएको उनले बताए ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सागको अवसरमा पोखरामा धेरै खेलकुद पूर्वाधार निर्माण भएको बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेशकुमार शिल्वालले अघिल्लो कार्यसमितिले गर्न नसकेको बक्यौता १३ औं साग आफ्नो कार्यकालमा सम्भाव भएको दाबी गरे ।

राखेप सदस्य राजेश कुमार गुरुङले छोटो समयका बाबजुत खेलकुदका धेरै भौतिक पुर्वाधार निर्माण भएको बताउदै यसमा केही गल्ती हुन सक्ने जनाए । उद्घाटनको अवसरमा विभिन्न जनजातिको भेषभुषा भल्कने भेषभुषासहित ७ राष्ट्रका खेलाडीहरुले आफ्नो झाण्डा सहित मार्च मास गरेको १३ औं साग डिपुटी सेफ दी मिसन तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष समेत रहेका तेज बहादुर गुरुङले बताए। पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखरामा हुने १३ औं सागलाई सफल पार्न सवैमा आग्रह गरे।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position