कतार टी-१० लिगमा सोमपाल र राष्ट्रिय टिममै नपरेका आदिल खान छनोट

डिसी नेपाल
१७ मंसिर २०७६ ७:०२

काठमाडौं । नेपाली क्रिकेट टिमका चर्चित खेलाडी सोमपाल कामीसँगै राष्ट्रिय टिममै नपरेका खेलाडि आदिल खान कतारमा हुने टी–१० क्रिकेट लिगमा खेल्ने पक्का भएको छ । आदिल नेपालको राष्ट्रिय लिगमा प्रदेश नम्बर ३ र पोखरा प्रिमियर लिगमा काठमाडौं रोयल्सबाट खेल्ने खेलाडी हुन् । उनले राष्ट्रिय टिममा भने अझै स्थान बनाउन सकेका छैनन् । उनी अण्डर १९ राष्ट्रिय टिममा भने परेका थिए ।

यही डिसेम्बर ७ तारिखदेखि कतारमा हुने टी–१० लिग आयोजकले सोमबार आधिकारिकरुपमा सार्वजनिक गरेको सूची अनुसार हालसम्म नेपालबाट सोमपाल र आदिल खेल्ने पक्का भएको हो। सोमपाल फ्लाइङ ओरिक्स र आदिल पर्ल ग्ताडिएटर्सबाट खेल्ने भएका हुन् । घोषित टिममा कतिपय खेलाडी अझै घोषणा नभएकोले नेपालका अन्य खेलाडी पनि पर्न सक्ने सम्भावना छ ।

पारिश्रमिक

कतारमा हुने टी–१० मा सहभागी हरेक खेलाडीले उनीहरुको स्तर अनुसार पारिश्रमिक पाउने बताईएको छ। जसका अनुसार आइकन प्लेयरले २० हजार डलर, अन्तर्राष्ट्रिय खेलाडीले ५ हजारदेखि १५ हजार डलर, एशोसिएट खेलाडीले ३ हजार डलर र कतारका स्थानीयले १५ सय देखि ५ हजार डलर पारिश्रमिक पाउने छन् ।

क्यू टी–१० लिगमा खेल्ने टिमहरु

फाल्कन हन्टर्स

फ्लाइङ ओरिक्स

डिजर्ट राइडर्स

पर्ल ग्लेडिटर्स

हिट स्टोर्मर्स

स्विफ्ट ग्यालोपर्स

सोमपाल खेल्ने फ्लाइङ ओरिक्सका खेलाडीहरु

आदिल खेल्ने पर्ल ग्लाडिएटर्स खेलाडीहरु


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *