साग क्रिकेटः श्रीलंकासँग नेपाल ६ विकेटले पराजित

डिसी नेपाल
१७ मंसिर २०७६ १४:२०

काठमाडौं। जारी दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटको उद्घाटन खेलमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १७३ रनको लक्ष्य श्रीलंकाले १९ ओभर १ बलमा ४ विकेटको क्षतिमा भेट्टाएको हो ।

श्रीलंकाका लागि शम्मु अशनले सर्वाधिक नटआउट ७२ रन बनाए । निशान मदुस्काले ४६, पथुम निसंकाले ३० र अशेन बण्डाराले नटआउट १४ रन बनाए । नेपालका लागि पवन र्राफले २ तथा सोमपाल कामीले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेपछि श्रीलंकालाई १७३ रनको बलियो दिएको थियो । नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।

३४ बलमा अर्धशतक बनाएका दिपेन्द्र सिंह ऐरीले कूल ४४ बल खेलेर नटआउट ७२ रन बनाए । यसका लागि उनले ४ चौका र ३ छक्का प्रहार गरे । पवन सर्राफले छोटो इनिङमा उत्कृष्ट ब्याटिङ गर्दै १३ बलमा २२ रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान २१ रन तथा आरिफ शेखले १९ रन बनाए । श्रीलंकाका लागि कमिन्डु मेन्डिसले २ तथा दुविन्दु तिलकरत्ने, कविस्का अन्जुला तथा अथिा फर्नान्डोले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *