भुटानमाथि नेपालको दबदबा कायमै, सुजलले थपे अर्को गोल

डिसी नेपाल
१७ मंसिर २०७६ १४:४३

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलमा भुटानमाथि नेपालको दबदबा कायमै छ । खेल सुरु भएको चौथो मिनेटमै अग्रता लिएको नेपालले दोस्रो हाफमा अर्को गोल थपेको छ ।

मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि दुवै गोल कप्तान सुजल श्रेष्ठले गरे । पहिलो गोल ४ मिनेटमा गरेका सुजलले दोस्रो गोल ५० मिनेटमा गरेका हुन् । साग फुटबलमा ५ टिम सहभागी छन् । राउण्ड रोविनको आधारमा हुने खेलमा सबै टिम एक अर्कासँग खेल्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *