पाकिस्तानविरुद्धको टेस्टमा अस्ट्रेलियाको क्लीन स्वीप

डिसी नेपाल
१७ मंसिर २०७६ १७:५७

एजेन्सी । पाकिस्तानसँगको दुई खेलको टेष्ट सिरिजमा अष्ट्रेलियाले क्लिनस्वीप गरेको छ । दोस्रो तथा अन्तिम टेष्टमा ४८ रन र इनिङ अन्तरको जित निकाल्दै अष्ट्रेलियाले सिरिज २–० ले जितेको हो ।

पहिलो इनिङमा पाकिस्तान ३ सय २ रनमा समेटिएको थियो । स्पिनर यासिर शाहले ८ औं नम्बरमा ब्याटिङ गर्दै करिअरकै उच्च प्रर्दशन गरेका थिए । याशिरको टेष्ट करिअरको पहिलो शतक प्रहार गर्दै १ सय १३ रन जोडेका थिए । त्यस्तै युवा खेलाडी बाबर आजमले ९७ रनको योगदान दिएका थिए । मिचेल स्टार्कले कप्तान टिम पेनबाट क्याच आउट गराएपछि बाबर शतक बनाउन चुकेका थिए । अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले ६ विकेट लिए ।

दोस्रो इनिङमा पाकिस्तान २ सय ३९ रनमा अल आउट भयो । ओपनर शन महसुद ६८, शसाद शफिक ५७ र विकेटकीपर मोहम्मद रिजवानले ४५ रनको योगदान दिए । अष्ट्रेलियाका स्पिनर नाथन लायनले ५ र जोश हेजलवुडले ३ विकेट लिए ।

अष्ट्रेलियाले ५८९–३ को अवस्थामा पहिलो इनिङको समाप्तीको घोषणा गरेको थियो । उसका ओपनर डेविड वार्नरले करिअरकै पहिलो तेहेरो शतक प्रहार गरे । वार्नरले ४ सय १८ बलमा ३९ चौका र १ छक्का सहित ३ सय ३५ रनमा नट आउट रहे । वार्नरनै म्यान अफ द म्याच र म्यान अफ द सिरिज चुनिए । युवा खेलाडी मार्नस लाशुसेनले १ सय ६२ रनको योगदान दिए । पाकिस्तानको तीनै विकेट शाहिन शाह अफ्रिदीले लिए । पहिलो टेष्ट्रमा अष्ट्रेलिया ५ रनको इनिङ अन्तरले विजयी भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *