महिला भलिबलः भारतसँगको रोमाञ्चक खेलमा पराजित हुँदा नेपालले रजतमा चित्त बुझायो

डिसी नेपाल
१७ मंसिर २०७६ १८:२५

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको महिला भलिबलमा नेपालले रजत पदक जितेको छ। फाइनल खेलमा भारतसँग २- ३ को हार व्यहोरेपछि नेपाल स्वर्ण पदक जित्ने मौकाबाट चुक्यो।

दशरथरंगशालाको भलिबल कोर्टमा हजारौं दर्शकका अगाडि नेपाली महिला खेलाडीले उत्कृष्ट प्रर्दशन गरेपनि अन्तिम तथा पाँचौ सेटमा सम्हालिन नसक्दा स्वर्ण गुमाउन पुगे। भारतले पहिलो। चौथो र पाँचौ सेट जित्यो भने नेपालले दोस्रो र तेस्रो सेट जित्यो । खेलमा दुबै टिमले दुई दुई सेट जितेपछि खेल पाँचौ सेटसम्म पुगेको थियो। पाँचौ सेटमा नेपालले निकै कमजोर प्रदर्शन गर्दा भारत १५ – 6 ले विजयी बन्दैे स्वर्ण पदक जित्न सफल भयो।

नेपालले दोस्रो सेट २५ २३ ले जित्यो । दोस्रो सेटमा नेपालले शुरुदेखि नै अग्रता बनाएको थियो । तेस्रो सेटमा नेपालले २५ २१ को जित हात पार्यो । चौथो सेटमा भारत २५ २०ले विजयी बन्यो। पाँचौ सेटमा भारत १५ 6 ले विजयी भएको थियो। नेपालले पहिलो सेट १७ २५ ले गुमाएको थियो।

नेपाल सागको इतिहासमा पहिलो पटक फाइनल पुगेको हो। भारत भने महिला भलिबलको डिफेण्डिंग च्याम्पियन हो। समूह चरणमा भारतले नेपाललाई सोझो सेटमा पराजित गरेको थियो।

समूह चरणमा नेपालले बांगलादेशलाई सोझो सेटमै पराजित गरेको थियो। सेमिफाइनलमा नेपालले श्रीलंकालाई सोझो सेटमै पराजित गरेको थियो।

उता भारतले माल्दिभ्सलाई पनि सेमिफाइलनमा सोझो सेटमै पराजित गरेको हो।

मंगलबार नै भएको पुरुष भलिबलको फाइनलमा भारतले जित हात पारेको थियो। जितसँगै पुरुष भलिबलमा भारतले स्वर्ण जितेको छ। फाइनलमा चिरप्रतिद्वन्दी पाकिस्तानलाई पाखा लगाउँदै भारतले स्वर्ण कब्जा गरेको हो। पहिलो सेट गुमाएको भारतले त्यसपछि लगाता। तीन सेटमा जित निकाल्दै स्वर्ण पदक जितेको हो। भारतले फाइनलमा पाकिस्तानलाई ३ -१ को सेटमा पाखा लगायो।

पाकिस्तानले भारतमाथि पहिलो सेटमा जित निकालेको छ। शुरुमा पछाडि परेको पाकिस्तानले उत्कृष्ट कमब्याक गर्दै पहिलो सेट जितेको हो। पाकिस्तानले भारतलाई २५ २० ले पहिलो सेटमा पाखा लगायो। दोस्रो सेटमा भने भारतले उत्कृष्ट स्पाइकिंग गर्यो। जसको नतिजा भारतले दोस्रो सेट जित्यो। दोस्रो सेटमा भारतले पाकिस्तानलाई २५ १५ले पाखा लगायो। तेस्रो सेटमा भारतले २५ १७ ले पाकिस्तानलाई पाखा लगायो। निकै रोमाञ्चक भएको चौथो सेट २९ स्कोरसम्म पुगेको थियो। भारतले चौथो सेटमा २९ २७ले पाकिस्तानलाई पाखा लगायो।
जितसँगै भारतले स्वर्ण पदक जित्दा पाकिस्तानले रजत पदकमा चित्त बुझायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *