आईपीएल अक्शन ७३ स्थानको लागि ९७१ खेलाडी दर्ता
एजेन्सी । ईण्डियन प्रिमियर लिग (आईपीएल)को १३ औं संस्करण अन्तर्गत हुने लिलामीको लागि कुल ९७१ खेलाडीको दर्ता भएको छ । ३० नोभेम्बरसम्म दर्ताको मिति रहेको आईपीएलको अक्शन डिसेम्बर १९ तारिखका दिन हुनेछ ।
उक्त अक्शन(लिलामी)मा जम्मा ७३ खेलाडीको मात्र बिक्री हुनेछन । जसमा २१५ जना अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडीले भाग लिदँैछन्। यस्तै ७५४ खेलाडीले अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्। यसका साथै दुई खेलाडी एसोसियट राष्ट्रका रहेका छन्।
भारतबाट अन्तर्राष्ट्रिय स्तरमा खेलेका जम्मा १९ खेलाडीले दर्ता गराएका छन्। भारतबाट दर्ता हुनेमध्ये ६३४ खेलाडीले अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलका छैनन्। यस्तै ६० भारतीय खेलाडीे कुनै अन्तर्राष्ट्रिय खेल नखेलेको भएपनि आईपीएलमा कम्तीमा एक खेल खेलेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment