तेह्रौँ साग: महिला क्रिकेटमा बङ्गलादेश विजयी

डिसी नेपाल
१७ मंसिर २०७६ २०:३०

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को मंगलबार पोखरामा सम्पन्न महिला क्रिकेट प्रतिस्पर्धामा बङ्गलादेशले विजयी शुरुआत गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको दोस्रो दिनको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई सात विकेटले पराजित गरेको हो । टस हारेपछि ब्याटिङमा आएको श्रीलङ्काले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२२ रन जोडेको थियो ।

जीतका लागि १२३ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १८ दशमलव दुई ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । श्रीलङ्काका तर्फबाट यू थिमासिनीले ४९ बलमा ५६ रन जोडिन् । क्याप्टेन एच माधवीले ३० बलमा एक छक्का र दुई चौका प्रहार गर्दै ३३ रन बनाईन् ।

बङ्गलादेशको बलिङमा नहिदा अख्तरले चार तथा जहनर आलमले एक विकेट लिएकी थिईन् । बङ्गलादेशको जीतका लागि संजिदा इस्लामले अविजित ५१ तथा आयसा रहमानले २९ रनको महत्वपूर्ण योगदान दिईन् ।

श्रीलङ्काका यू थिमासिनी, एस निसानसला र थारिक सिवान्डीले समान एक÷एक विकेट लिएकी थिईन् । खेलमा बङ्गलादेशकी संजिदाले ‘प्लेयर अफ दी म्याच’ को उपाधि हासिल गरिन्।

प्रतियोगिताअन्तर्गत बुधबार बिहान ९ बजे आयोजक नेपाल र बङ्गलादेश तथा दिउँसो १ बजे श्रीलङ्का र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने खेल तालिका रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *