तेह्रौँ सागः फुटबलमा बङ्गलादेश र माल्दिभ्सको बराबरी

डिसी नेपाल
१७ मंसिर २०७६ २१:३१

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग०अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेश र माल्दिभ्सले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेश र माल्दिभ्सले १–१ गोलको बराबरी खेलेका हुन् । । खेलको ३०औँ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले आत्मघाती गोल गरेपछि बङ्गलादेश १–० गोलको स्थितिमा पुगेको थियो । खेलको ७०औँ मिनेटमा माल्दिभ्सका इब्राहिम महोदीले गोल गरी १–१ को बराबरीमा पु¥याए । दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *