सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस
काठमाडौं । न्याय परिषद्को मंगलबार बसेको बैठकले रिक्त सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले न्यायसेवामा कार्यरत कर्मचारीबाट सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए।
न्याय सेवाका कार्यरत उपसचिवमध्ये २० प्रतिशत कर्मचारीबाट जिल्ला न्यायाधीशमा नियुक्त गर्न सकिने व्यवस्थाअनुसार परिषद्ले उपसचिवहरु गेहेन्द्रराज पन्त, विद्याराज पौडेल, महेन्द्रराज काफ्ले, टेकराज जोशी, इन्दिरा शर्मा, मनकुमारी जिएम विक र रीताकुमारी बख्रेललाई जिल्ला न्यायाधीशमा सिफारिस गर्दै नियुक्तिका लागि सिफारिस गरेको हो ।
नियुक्त तथा पदस्थापन
प्रधानन्यायाधीश जबराले नियुक्तिका लागि सिफारिस भएका न्यायाधीशको आजै नियुक्ति गरी पदस्थापना भएको छ ।
न्यायाधीश पन्तलाई भोजपुर जिल्ला अदालत, न्यायाधीश पौडेललाई रुकुम जिल्ला अदालत, न्यायाधीश काफ्लेलाई सोलुखुम्बु जिल्ला अदालत, न्यायाधीश जोशीलाई डोल्पा जिल्ला अदालत, न्यायाधीश शर्मालाई झापा जिल्ला अदालत, न्यायाधीश विकलाई बाँके जिल्ला अदालत र न्यायाधीश बख्रेललाई सप्तरी जिल्ला अदालतमा पदस्थापन गरिएको हो ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment