पुरुष डबल्स ब्याडमिन्टनमा प्रिन्स र प्रफुल्लको जोडी क्वाटरफाइनलमा

डिसी नेपाल
१७ मंसिर २०७६ २१:४०

पोखरा । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पोखरामा जारी ब्याडमिन्टनको व्यक्तिगत स्पर्धामा खराब प्रदर्शन गरेको नेपालले डबल्स र मिक्समा भने राम्रो खेल प्रदर्शन गरेको छ ।

मंगलबार सम्पन्न खेलमा पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडी विजयी भइ क्वाटरफाइनल प्रवेश गरेको छ । सो जोडीले पाकिस्तानका मुकित ताहिर र अवाइज जाहिदको जोडीलाई ३–१ ले पराजित गरेको हो । यस्तै महिला डबल्सतर्फ जेसिका गुरुङ र रसिला महर्जनको जोडी क्वाटरफाइनल पुगेको छ । उक्त जोडीले पाकिस्तानकै शेरा अक्रम र जावेद हुमाको जोडीलाई २–१ ले हरायो ।

मिक्स डबल्सतर्फ नेपालका विकास श्रेष्ठ र अनुमाया राईको जोडी पनि क्वाटरफाइन प्रवेश गरेको छ । सो जोडीले पाकिस्तानका राजा मोहम्मद हसिन र शेरा अक्रमको जोडीलाई २–१ ले हरायो । डबल्स र मिक्स डबल्सबाहेक एकलमा नेपालले फितलो खेल प्रदर्शन ग¥यो । नेपालका दीपेश धामी, रसिला महर्जन र नङ्सल तामाङ क्रमशः पाकिस्तानका मुरद अली, श्रीलङ्काकी ए रत्नसिरी कपुरु मुद्दियानसेलेज र भारतकी गायत्री गोपिचन्दसँग पराजित भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *