खो–खोमा नेपालको महिला टिम फाइनलमा

डिसी नेपाल
१७ मंसिर २०७६ २२:१४

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत खो–खोमा नेपालको महिला टिम फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ७–६ ले पराजित ग¥यो । उपाधिका लागि नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनलमा भारतले श्रीलंकालाई २५–१ को फराकिलो अन्तरले हरायो ।

पुरुषतर्फ बंगलादेश र भारतले उपाधि भिडन्त पक्का गरे । सेमिफाइनलमा बंगलादेशले नेपाललाई २४–२३ को झीनो अन्तरले पाखा लगायो । भारतले श्रीलंकाको यात्रा २४–८ ले पूर्णविराम लगायो । पुरुष–महिला दुवैमा सेमिफाइनलमा पराजित हुनेले तेश्रो स्थानका लागि खेल्ने छ । सो खेल र फाइनल बुधबार हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *