१३औँ साग : नेपाल २५ स्वर्णसहित शीर्ष स्थानमा

डिसी नेपाल
१८ मंसिर २०७६ १३:१३

काठमाडौं । नेपालमा जारी १३औँ साग अन्तर्गतका खेलमा बुधबार मध्यान्हसम्म नेपाल २५ स्वर्णपदकसहित शीर्ष स्थानमा रहेको छ ।

हालसम्म नेपाल १५ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ भने २० स्वर्णसहित भारत दोस्रो स्थानमा रहेको छ। सागको चौँथो दिनसम्म आईपुग्दा श्रीलंका ६, पाकिस्तान ५, बंगलादेश ४ र माल्दिभ्सले १ स्वर्ण पदक प्राप्त गरेका छन् भने भूटानले एउटा पनि स्वर्ण पदक जित्न सकेको छैन ।

कुन देशले कति स्वर्ण पाए ?

नेपालले कराँते (एकल काता) कराते (टिम काता, पुरुष) कराते (टिम काता, महिला) कराते (५५ केजी) कराते (८४ केजीमाथि), कराते (४५ केजी मुनी) सहित कराँतेमा ९ स्वर्ण जितेको छ ।

त्यस्तैगरी तेक्वान्दो पुम्से (२३–२९ वर्ष) तेक्वान्दो पुम्से (१७–२३ वर्ष) सहित ५ उमेर समुहमा स्वर्ण पदक जितेको हो । मंगलबार २० खेलमा स्वर्णपदक जितेको नेपालले आज मध्यान्हसम्म ५ वटा स्वर्णपदक थपे पनि एक स्वर्ण पदकको नाम भने खुल्न बाँकी छ ।

नेपालले के-के मा पायो स्वर्णपदक ?

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता, महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

११.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१२.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१३.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१५.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१६.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१७. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१८. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

१९.ट्रायथलन – सोनी गुरुङ

२०.डुवाथोलन – हिमाल टमाटा

२१. उसु (थाउलो) – विजय सिन्जाली

२२. उसु (थाउलो) – सुस्मिता तामाङ

२३. उसु (थाउलो)– दीपक हमाल

२४.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *