तमु ल्होसारको विदा कटौति गरिएकोमा अमेरिकामा आक्रोश

डिसी नेपाल
१६ पुष २०७६ १२:३६

डिसी नेपाल वासिंगटन डिसी

तमु ल्होसारको उपलक्ष्यमा अमेरिकाको भर्जिनियामा आयोजित कार्यक्रममा नेपाल सरकारले तमु ल्होसारको विदा कटौति गरेकोप्रति राजदूतसमक्ष आक्रोश पोखिएको तमु ल्होसारको उपलक्ष्यमा तमु धीं भर्जिनियाले डिसेम्बर २९ मा आयोजना गरेको सो कार्यक्रममा मन्तव्य राख्ने अधिकांश गुरु¨ समुदायका बक्ताहरुले नेपाल सरकारको सो निर्णयको विरोध गरेका हुन् तर, अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनकुमार कार्कीले आफ्नो बोल्ने पालोमा अन्य बक्ताहरुको यो आक्रोसबारे कुनै प्रतिक्रिया दिएनन् बरु उनले सात समुद्रपारि आएर पनि नेपालको संस्कृतिलाई संरक्षण गर्ने काम गरेकोमा अमेरिकाबासी गुरु¨समुदायको प्रसंसा गरे कार्यक्रममा प्रमुख अतिथि बनाइएका राजदूत कार्कीलाई सेतो फेटासहितको गुरु¨ पोशाकमा आयोजकहरुले सझाएका थिए गुरु¨ समुदायको नयांबर्ष मनाउने सो उत्सवका अवसरमा राजदूत कार्कीले आफ्ना अमेरिकन साथीहरुलाई नेपाल भ्रमणमा पठाएर नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन उपस्थित सबैसंग आग्रह गरेका थिए


राजधानी वासिंगटन डिसीनजिकै भर्जिनियाको सेन्टरभिलमा आयोजित तमु ल्होछारको रमझमले नेपालकै झल्को दिएको थियो कार्यक्रममा सहभागी गुरु¨ समुदायका युवा युवतीहरु परम्परागत पहिरनमा सजिंदा कार्यक्रमस्थल अमेरिका नभएर नेपालकै लम्जुङ्ग ,कास्की पोखरा नै हो किजस्तो आभास दिएको थियो  


न्युयोर्कदेखि आएका आदिबासी जनजाति महासंघका अध्यक्ष लोक चेम्जोङ्गको बिशेष मन्तब्य रहेको उक्त समारोहमा ल्होछार पर्व संयोजक नेत्र गुरुङले स्वागत भाषण गरेका थिए एक हजार डलर तिरेर संस्थाको संरक्षक बनेका नन्द गुरु¨, सुरेन्द्र गुरु¨, नेत्र गुरु¨, यतमान गुरु¨, धन गुरु¨, के.बी. गुरु¨, संगिता गुरु¨, प्रेम गुरु¨ तथा अन्य आजीवन सदस्यहरुलाई राजदुत डा. कार्कीले सम्मान गरेका थिए संस्थाका अध्यक्ष नन्द गुरु¨को सभापतित्वमा भएको सो कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो बाल्टिमोरबाट आएको कुलप्रसाद गुरु¨को टोलीले प्रस्तुत गरेको ढोलसहितको स्यार्गा नृत्यले सबैलाई मनोरन्जन दिएको सो कार्यक्रममा न्युयोर्कबाट आएकी गायिका ज्याति गुरु¨ले सांगितिक प्रस्तुति दिएकी थिइन् तामा¨ सोसाइटी अफ ग्रेटर वासिंगटनको तामा¨ सेलोमा भएको सामुहिक नृत्यले सबैको मन चोरेको थियो कार्यक्रममा लोक गायक श्याम गुरु¨को लोक गीत प्रस्तुत गरेका थिए कार्यक्रममा सहभागीहरुलाई गुरु¨ समुदायका महिलाहरुले आफैंले पकाएर ल्याएको सेल रोटी खुवाएका थिए


मनाङ्गबासीको संस्था घ्याल्सुम्दो समाजको प्रतिनिधित्व गर्दै न्युयोर्कबाट देखी आएकी आदिबासी जनजाती महासंघ,अमेरिकाकी कोषाध्यक्ष छेन्ज्युम लामा, आदिबासी जनजाती महिला संघ, अमेरिकाकी कुसुम भट्टचन , कर्नेल प्रताप गुरूंङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्ब आयुक्त प्रेमनारायण शर्मा विशेष अतिथिका रुपमा कार्यक्रममा सहभागी थिए  अम्बर गुरु¨को नेतृत्वमा न्युयोर्कदेखि आएको टोलीसहित सो कार्यक्रममा भर्जिनिया, मेरिल्याण्ड, वासिंगटन डिसी न्युजर्सीबाट ठूलो संख्यामा गुरु¨ समुदायको सहभागिता थियो

भर्जिनियामा “ तमु ल्होछार “ कोप्रत्यक्ष प्रशारण : तमु थी भर्जिनियाको आयोजनामाSterling , Virginia, USA

Posted by DCnepal on Sunday, December 29, 2019

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *