ए डिभिजनः सुमनको दुई गोलमा पुलिसको जित

डिसी नेपाल
१६ पुष २०७६ १६:०५

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले लिगमा दोस्रो जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसलाई जित दिलाउन दुवै गोल सुमन लामाले गरे । संकटाका अमित तामाङले एक गोल फर्काए । खेलको १५ औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । त्यसको केहि मिनेट पछि संकटा खेलमा फर्कियो । खेलको १८ औं मिनेटमा अमितले नै पेनाल्टीमा गोल गर्दै संकटालाई खेलमा फर्काए ।

तर, खेलको ३३ औं मिनेटमा सौजन राईको पासमा सुमनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २(१ को जित दिलाए । त्यस बाहेक खेलमा दुवै टोलीले अन्य गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । खेलमा सुमन म्यान अफ दि म्याच चुनिए ।

जितसँगै पुलिसले ४ खेलमा ७ अंक जोडेको छ । र, पुलिस लिगको पाँचौ स्थानमा उक्लिएको छ । संकटाले ४ खेलमा ४ अंक जोडेको छ । संकटाको यो दोस्रो हार हो । संकटा लिगको दशौँ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *