सन्दीप घाईते, सिड्नी थन्डरविरुद्धको खेल गुमाउने

डिसी नेपाल
१६ पुष २०७६ १६:५८

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग (बीबीएल) अन्तर्गत सिड्नी थन्डरविरुद्धको खेल गुमाउने भएका छन् ।

मेलबर्न स्टार्सबाट खेल्दै आएका सन्दीपले चोटका कारण सिड्नीविरुद्धको खेल गुमाउने भएका हुन् । मेलबर्नले बुधबार सार्वजनिक गरेको १३ सदस्सीय टिममा सन्दीप परेका छैनन् । उनको स्थानमा ह्यारिस रौफले मौका पाएका छन् ।

मेलबर्नले चोट बोकेका कारण सन्दीपले सिड्नीविरुद्धको खेल गुमाउने पक्का भएको बताएको छ । ‘सन्दीपको स्थानमा ह्यारिसले पुनः स्थान बनाएका छन्’ मेलबर्नले भनेको छ, ‘मेलबर्न डर्वीका लागि चोट बोकेका सन्दीपले स्थान बाउन यसपटक विश्राम दिइएको छ ।’

मेलबर्नले लिगमा पाँचौ खेलमा बिहिबार सिड्नी थन्डरसँग खेल्दैछ । खेल बिहान १०ः२५ बजे सुरु हुनेछ । ४ खेलमा ३ जित हात पारेको मेलबर्न ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।

लिगमा सन्दीपले ४ खेलमा ३ विकेट हात पारेका छन् । सन्दीप होबार्ट हुरिकेन्सविरुद्धको खेलमा विकेट विहीन रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *