आर्मीको सहज जित

डिसी नेपाल
१६ पुष २०७६ १७:३७

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा आर्मीले थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे । दोस्रो हाफमा आर्मीले दुई गोल गर्यो । जसमा प्रतिबन्धमा परेका मिडफिल्डर सन्तोषको प्रदर्शन उच्च रह्यो ।

खेलको ५४ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा सन्तोषले गोल गर्दै आर्मीलाई २–० को जित दिलाए । एन्फाको ४५ दिनको प्रतिबन्ध फुकुवा भएसँगै मैदान फर्किएका सन्तोषले पहिलो खेलमै गोल गरे ।

जितसँगै आर्मीले ४ खेलमा ९ अंक जोडेको छ । र, लिगमा तेस्रो जित निकालेको आर्मी तेस्रो स्थानमा समेत उक्लिएको छ । थ्री स्टारले ४ खेलमा ७ अंक जोडेको छ ।लिगमा पहिलो हार व्यहोरेको थ्री स्टार लिगको छैटौं स्थानमा रहेको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *