पाकिस्तानका युवा खेलाडी नसीम यू१९ विश्वकपको टिमबाट निकालिए

डिसी नेपाल
१६ पुष २०७६ १७:५०

काठमाडौं। पाकिस्तानका १६ वर्षीय तिव्रगतिका बलर नसीम साहले यु १९ विश्वकप नखेल्ने भएका छन् । सिनियर टिमबाट डेव्यु गरिसेका नसीमलाई आसन्न यु १९ विश्वकपको टिमबाट ड्रप गरिएको हो ।

उनको ठाउँमा खैबर पख्तूनवाका मोहम्मद वसीन जुनियरलाई टिममा समावेश गरिएको छ । पाकिस्तान क्रिकेट बोर्डका चीफ एक्जीक्यूटिव वसीम खानले भने‘यु १९ विश्वकप युवा खेलाडीहरुका लागि महत्वपूर्ण हुन्छ । यही प्लेट फर्मबाट सिनियर टिममा खेलाडीहरु आउने भएकाले उमेर समूहलाई ठूलो महत्व दिइन्छ । नसीम साहले आफूलाई स्थापित गराईसकेकाले उनको ठाउँमा वसीनलाई टिममा बोलाइएको पनि उनले बताए।’

वसीम खानले नसीम विश्वकप नखेल्दा टिममा असर नपर्ने पनि बताए । नसिम अहिले बलिङ प्रशिक्षक वकार युनिससँग ट्रेनिङ गरिरहेका छन् । उनी बंगलादेशविरुद्धको सिरिजमा उपलब्ध हुनेछन् । यु १९ विश्वकप यही महिनाको १९ तारिखदेखि दक्षिण अफ्रिकामा हुने छ । पाकिस्तानको समूहमा स्कटल्याण्ड, जिम्बाब्बे र बंगलादेश रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *