भ्रमण वर्षलाई सघाउन काठमाडौंस्थित अमेरिकी दूतावासले पर्यटकीय स्थलको प्रचार गर्ने
काठमाडौं। नेपाल भ्रमण वर्ष बुधबार औपचारिक रुपमा शुरु भएको छ। २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना सरकारको छ।
नेपालस्थित अमेरिकी राजदूतावासले नेपाल भ्रमण वर्षलाई सघाउन नेपालका पर्यटकीय स्थलबारे प्रचार गर्ने भएको छ। काठमाडौंस्थित अमेरिकी राजदूत र्याण्डी बेरीले बिहीबार सामाजिक सञ्जालमा आफुले घुमेका नेपालका रमणीय स्थलको तस्वीरसहित भ्रमण वर्षलाई सघाउन लागिएको जानकारी दिएका हुन्।
उनले जनवरी महिनाभरी अमेरिकी मिसनका सबै समाजिक सञ्जालहरुबाट नेपालका पर्यटकीय स्थललबारे प्रचार गरिने बताएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment