महानगर कप भलिबल शनिबारबाट सुरु

डिसी नेपाल
१७ पुष २०७६ २०:२३

काठमाडौं । महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ । आयोजक ललितपुर महानगरपालिकाले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस १९ देखि २५ गतेसम्म हुने जनाएको छ ।

जवालाखेलस्थित जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा आयोजना हुने प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमको सहभागिता रहनेछ ।

ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा हुने प्रतियोगितामा प्रदेश ३ को महानगर, नगरपालिका, उपमहानगरपालिकाको टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विभागीय टिम र राष्ट्रिय टिमबाट खेलेका खेलाडीले भने सहभागिता जनाउन पाउने छैनन् ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५र१५ हजार पाउने छन् ।

यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५÷५ हजार पाउने छन् ।

प्रतियोगितामा महिलातर्फ ललितपुर महानगरपालिका, बनेपा नगरपालिका, टोखा नगरपालिका, चन्द्रागिरी नगरपालिका, हेटौडा उपमहानगरपालिका,गुप्तेश्वर नगरपालिका, गोकर्णेश्वर नगरपालिका र विदुर नगरपालिका रहेका छन् ।

पुरुषतर्फ ललितपुर महानगरपालिका, बनेपा नगरपालिका, टोखा नगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, पनौती नगरपालिका,धुलिखेल नगरपालिका, भक्तपुर नगरपालिका, किर्तिपुर नगरपालिका, कमला माइ नगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, चौतारा साँगा नगरपालिका र गोकर्णेश्वर नगरपालिका रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *