एमएम कप प्रदेश नम्बर ३ ले टस जितेर ब्याटिङ गर्दै

डिसी नेपाल
१८ पुष २०७६ ११:२२

मोरङ। मोरङको इनरुवा रंगशालामा बिहीबार शुरु भएको एमएम कप राष्ट्रिय एकदिवसीय प्रतियोगिता अन्तर्गत आज भएको खेलमा प्रदेश नम्बर ३ ले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आजको खेलमा प्रदेश नम्बर ३ को सुरुवाती ११ मा कप्तान सुवास खकुरेल, रित गौतम, ईशान पाण्डे, आदिल खान, सोनु तामाङ, जितेन्द्र सिंह ठकुरी, राम नरेश गिरी, प्रतिश जिसी, तिलक भण्डारी, नन्दन कुमार यादब र अभिषेक बस्नेत रहेका छन ।

त्यस्तै प्रदेश नम्बर ५को लागी कप्तान कृष्ण कार्की, बिराट भण्डारी, शुशान्त थापा, सौरभ खनाल, बिशाल बिक्रम केशी, सुनील भण्डारी, कमल ओली, बिक्रम भुसाल, अनिल खरेल, मिरनल गुरुङ र सिद्धान्त शाही रहेका छन ।

यो समाचार तयार पार्दा सम्म प्रदेश नम्बर ३ ले २३ ओभरको समाप्तीमा २ विकेट गुमाएर १०४ रन बनाएर खेलिरहको छ । प्रदेश नम्बर ३का ओपनर तथा कप्तान सुवास खकुरेल ४२ रन बनाएर खेलिरहेका छन् ।

माघ चार गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोलीका साथै मलेसिया ११ को सहभागिता रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *