एमएम कप: प्रदेश नम्बर ५ लाई १९० रनको लक्ष्य

डिसी नेपाल
१८ पुष २०७६ १२:४८

मोरङ। मोरङको इनरुवा रंगशालामा बिहीबार शुरु भएको एमएम कप राष्ट्रिय एकदिवसीय प्रतियोगिता अन्तर्गत आज भएको खेलमा टस जितेर ब्याटिङ गर्दै प्रदेश नम्बर तिनले ४५ ओभर २ बलमा अल आउट हुदै १८९ रन बनाउदै प्रदेश नम्बर ५ लाई १९० रनको लक्ष्य दिएको छ ।

प्रदेश नम्बर तिनका लागी ओपनर रित गौतमले २० बलमा २२ रन बनाउदै कृष्ण कार्कीको बलमा बिराट भण्डारीको हातबाट क्याच आउट हुन पुगेका थिए त्यस्तै अर्का ओपनर सुवास खकुरेल विशशाल बिक्रम केशीको बलमा कमल ओलीको हातबाट क्याच आउट हुन पुगे ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ईशान पाण्डेले ११ रन बनाउदा बिक्रम भुषालको हातबाट बोल्ड हुन पुगेका थिए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका आदिल खान २६ रनको ब्यक्तिगत स्कोरमा बिशाल बिक्रम केशीको बलमा अनिल खरेलको हातबाट क्याच आउट हुन पुगे । त्यस्तै सोनु तमाङ १५, प्रतिश जिसीले १८ रन, राम नरेश गिरी १७, नन्दन कुमार यादब १० रन बनाएका थिए ।

बलिङमा प्रदेश नम्बर ३का बिशाल बिक्रम केशीले १० ओभरमा २ मेडन दिदै ३४ रन दिएर ५ विकेट, अनिल खरेलले २ विकेट, कृष्ण कार्की, र बिक्रम भुसाले समान १/१ विकेट लिएका थिए । माघ चार गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोलीका का साथै मलेसिया ११ को सहभागिता रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *