वर्षा बाधक हुँदा प्रदेश ५ एमएम कपबाट बाहिरियो

डिसी नेपाल
१८ पुष २०७६ १६:५२

काठमाडौं । इनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट प्रदेश नम्बर ५ बाहिरिएको छ ।

इनरुवा रंगशालामा शुक्रबार प्रदेश नम्बर ३ विरुद्धको खेल वर्षाको कारण नतिजा विहीन भएसँगै प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएको हो ।

सेमिफाइनलमा स्थान बनाउन जित्नै पर्ने खेलमा वर्षाले रोकिएर १ अंक पाएपछि प्रदेश ५ बाहिरिएको हो। यस अघि पहिलो खेलमा प्रदेश ५ प्रदेश १ सँग ६८ रनले पराजित भएको थियो ।

प्रदेश ३ ले दिएको १ सय ९० रनको लक्ष्यसहित प्रदेश ५ ले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाको कारण रोकिएको थियो । वर्षाले खेल रोकिनु अघि प्रदेश ५ ले २ ओभर १ बलमा १ विकेट गुमाएर ९ रन बनाएको थियो ।

उसका विनोद भण्डारीले अविजित ६ रन बनाउँदा सुशान्त थापा सुन्य रनमा अविजित रहे । प्रदेश ३ का प्रतिष जिसीले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ४५ ओभर २ बलमा १ सय ८९ रन बनाएको थियो । प्रदेश ३ का लागि कप्तान सुवास खकुरेलले सर्वाधिक ४२ रन बनाए ।

यस्तै आदील खानले २६, रित गौतमले २२, प्रतिष जिसीले १८, राम नरेश गिरिले १७, सोनु तामाङले १५, इशान पाण्डेले १२ र नन्दन यादबले १० रन बनाए ।

प्रदेश ५ को लागि विशाल बिक्रम केसीले ५ विकेट हात पारे । यस्तै अनिल खेरेलले २ तथा कृष्ण कार्की र बिक्रम भुसालले समान १–१ विकेट लिए ।

अब यस समूह सी बाट प्रदेश १ र प्रदेश ३ को विजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *