युभेन्टसले भित्र्यायो १९ वर्षीय मिडफिल्डर

डिसी नेपाल
१८ पुष २०७६ १७:५७

एजेन्सी । सिरी ए टिम युभेन्टसले स्विडेनका युवा मिडफिल्डरलाई अनुबन्ध गरेको छ । स्विडीस मिडफिल्डर डेजान कुलुसेभास्कीलाई ३५ मिलियन युरोमा एटलान्टाबाट क्लवमा भित्र्याएको हो ।

१९ बर्षे डेजानलाई युभेन्टसले साढे चार बर्षको सम्झौता गरेको हो । तर उनी यो सिजनपछि मात्र युभेन्टसमा भित्रिनेछन । हाल उनी लोनमा पार्मामा रहेका छन ।

डेजानले २०१९ को जुलाईमा पार्मासँग एक बर्षको लोन सम्झौता गरेका थिए । जसमा उनले १७ खेलमा चार गोल गरेका छन । स्विडेनको राष्ट्रिय टिममा यहि नोभेम्बरमा डेब्यु गरेका उनले पहिलो प्रतियोगिताका रुपमा युरो २०२० को छनोट खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *