ब्राजिलियन गोलकिपर एलिसन बेकर युरोपमा उत्कृष्ट खेलाडी घोषित

डिसी नेपाल
१८ पुष २०७६ १८:२८

एजेन्सी । गोलकिपर एलिसन बेकरले युरोपबाट खेल्ने ब्राजिलका उत्कृष्ट खेलाडी घोषित भएका छन् । एलिसनले २०१९ को साम्बा गोल्ड अवार्ड जितेका छन् ।

एलिसनले प्रियिमर लिग क्लब लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन मुख्य भूमिका खेलेका थिए । पहिलो बर्षमै उनले प्रिमियर लिगमा राम्रो प्रभाव छाडेका थिए ।

२७ बर्षका उनले २१ क्लिन चिट हात पार्दै गोल्डेन ग्लोब्सको अवार्ड जितेका थिए । तर एक अंकले पछाडी रहदै उनको टिम लिग उपाधिबाट हात धुनु परेको थियो ।

गत सिजन प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले हात पारेको थियो । एलिसन नयाँ सिजनको सुरुवातमा घाईते थिए । तर एलिसनले उत्कृष्ट पुनरामगन गर्दै क्लब विश्वकपमा राम्रो छाप छोड्न सफल रहे ।

लिभरपुलले आधिकारिक रुपमा एलिसनले साम्बा अवार्ड हात पारेको भन्दै उनले अन्तिममा ३५ दशमलव ५४ प्रतिशत भोट प्राप्त गरेको बताएको छ ।

प्रशंसक, पुराना खेलाडी र पत्रकारका अनुसार एलिसनका सहकर्मी रोबर्टो फिर्मिन्हो दोस्रो स्थानमा रहे । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका थिएगो सिल्भा तेस्रो स्थानमा रहे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *