कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइवर

डिसी नेपाल
१८ पुष २०७६ २०:२२

सुर्खेत । कर्णाली र सुदूरपश्चिम प्रदेशअन्र्तगत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर नेटवर्क विस्तारसम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिकामा अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने उद्देश्यले आज प्राधिकरणका अध्यक्ष पुरुषत्तोम खनाल र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो कार्यका लागि नेपाल टेलिकमले बोलपत्रबाट प्रतिस्पर्धा गराई प्राप्त हुने रकममा अधिकतम ३.००८१ अर्ब प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषबाट प्रदान गरिनेछ ।

रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार गर्ने गरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लासहित बाँके र बर्दिया जिल्लासमेत गरी २० जिल्लामा नेटवर्क फाइवर विस्तार गरिने छ । सो आयोजनाअन्तर्गत करिब २४०० किमि इबर नेटवर्कमा अन्डरग्राउण्ड एडीएसएस फाइवर तथा बुरेइड क्याबल ९डिबीसीसी० विस्तार गरिनेछ । मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग र हुलाकी राजमार्गमा नयाँ निर्माण गरिने अप्टिकल फाइवर नेटवर्क न्यूनतम ९६ कोर हुनुका साथै जिल्ला सदरमुकाम र नगरपालिकासम्म क्रमशः न्यूनतम ४८ र २४ कोरको अप्टिकल फाइवर नेटवर्क विस्तार गरिनेछ ।

ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी नेपाल टेलिकमबाट निर्माण एवं सञ्चालन हुने सो अप्टिकल फाइवरमा पूर्वाधार डिजिटल नेपालको लागि मेरुदण्डको रुपमा सूचना महामार्ग निर्माण हुने छ । यसका साथै उक्त पूर्वाधार प्रयोग गरी ठूला पूर्वाधारमा हुने दोहोरो लागानी न्यूनीकरणसमेत भई दूरसञ्चार सेवालगायत सस्तो, भरपर्दो र सर्वसुलभ बनाउन योगदान पु¥याउनेसमेत अपेक्षा गरिएको छ । सो कार्यका लागि सम्भव हुने सम्पूर्ण बोलपत्र तीन महिनाभित्र प्रकाशन गरिने छ ।

टेलिकमले कन्ट्र्याकबाट सो सम्झौता गरेको दुई वर्षभित्र पूर्वाधार निर्माण गरिसक्नुपर्ने छ । सोही अवसरमा निर्देशक अधिकारीले तोकिएकै समयमा गुणस्तरीय ढङ्गबाट जनतालाई लाभ हुने गरी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *