अन्तिम टेष्टको दोस्रो दिन अष्ट्रेलियालाई फराकिलो अग्रता

डिसी नेपाल
१९ पुष २०७६ १६:५२

एजेन्सी । पाहुना टोली न्युजिल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेष्टको पहिलो इनिङ्समा अष्ट्रेलियाले फराकिलो अग्रता बनाएको छ । सिड्नीमा शनिबार दोस्रो दिनको खेल सकिदा अष्ट्रेलियाले ३ सय ९१ रनको अग्रता बनाएको छ ।

अष्ट्रेलियालाई ४ सय ५४ रनमा अलआउट गरेर पहिलो इनिङ्स थालेको न्युजिल्यान्डले दोस्रो दिनको खेल सकिदा विना विकेटको क्षतीमा ६३ रन जोडेको छ । न्युजिल्यान्डका टम ब्लन्डेल ३४ रनमा अविजित रहदा कप्तान टम लाथम २६ रनमा अविजित रहेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो दिनको खेल सकिदा ३ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको थियो । दोस्रो दिन भने अष्ट्रेलिया अलआउट भयो ।

पहिलो दिन शतक बनाएका मार्नुस लाबुसानेले २ सय १५ रनको दोहोरो शतकीय इनिङ्स खेले । यस्तै स्टेभेन स्मिथ ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दै आउट भए भने डेभिड वार्नर पनि ४५ रनमा पेभेलियन फर्किए । जोई बर्न्सले १८ रन बनाए ।

कप्तान टिम पेनले ३५ रन जोड्दा मिचेल स्टार्क र म्याथ्यु वेडले समान २२–२२ रन बनाए । न्युजिल्यान्डका कोलिन डी ग्रान्डहोमे र नील वाग्नरले समान ३–३ विकेट लिए ।

विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गतको सिरिज अष्ट्रेलियाले २–० ले जितिसकेको छ । यस अघि पहिलो टेष्ट २ सय ९६ रनले जितेको अष्ट्रेलियाले दोस्रो टेष्ट २ सय ७४ रनले आफ्नो बनाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *