भारतीय खेलाडी ईरफान पठानले लिए क्रिकेटबाट सन्यास

डिसी नेपाल
१९ पुष २०७६ १७:५४

एजेन्सी । भारतीय क्रिकेटर ईरफान पठानले सबैखाले क्रिकेटबाट सन्यास लिएका छन्। ३५ वर्षीय बायाँ हाते बलर पठानले शनिबार सन्यासको घोषणा गरेका छन्।

१९ वर्षको उमेरमा सन् २००३ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले २००७ को वर्ल्ड टी–२० फाईनलमा शानदार प्रदर्शन गर्दै म्यान अफ द म्याच भएका थिए। उनी भारतीय टिमको कुनै बेलाका राम्राे अलराउण्डर थिए।

पठानले भारतबाट २९ टेष्ट, १२० ओडीआई तथा २४ टी–२० खेलेका छन्। भने ३०१ अन्तराष्ट्रिय विकेट लिएका छन्। उनले सन् २०१७ मा अन्तिम पटक आईपीएल खेलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *