काठमाडौंबाट धुन्चेका लागि गएको बस रसुवाको थाडेमा दुर्घटना

डिसी नेपाल
१९ पुष २०७६ १७:५४

काठमाडौं। काठमाडौंबाट रसुवाको धुन्चेका लागि गएको यात्रु बाहक बस शनिबार रसुवाको थाडे भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको छ।

रसुवाको धुन्चे नजिकैको थाडे भन्ने स्थानमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। प्रहरीका अनुसार प्रदेश ३–०३००५–९४६५ नम्बरको बस सडकबाट करिब २ सय मीटर तल खसेको छ।

कच्ची सडकमा वर्षापछि सडक चिप्लो भएकाले बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा २ जना घाइते भएका यकिन भएको छ भने घाइते संख्या बढ्न सक्ने देखिएको छ। सो बसमा गाडी चालक र सहचालकसहित ११ जना रहेको प्रहरीले जनाएको छ।

बस दुर्घटनापछि चालक र सहचालक फरार भएका छन् भने घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ। २ जना घाइतेलाई धुन्चेस्ीिथत अस्पताल पुर्याइएको छ। बाँकी घाइतेलाई पनि अस्पताल ल्याउनेक्रम जारी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *