बस दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

डिसी नेपाल
१९ पुष २०७६ १९:१९

मध्यपुरथिमि । चाँगुनारायण नगरपालिका– १ दुवाकोटस्थित चाँगुनारायण इञ्जिनयिरिङ कलेजबाट दुवाकोटतर्फ आउँदै गरेको बा१ख ९०९० नं को बस अनियन्त्रित भई सडक छेउमा खसेर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ६ घर भई हाल दुवाकोट बस्ने ३० वर्षको भीमबहादुर योञ्जन (तामाङ) रहेको जिल्ला महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

दुर्घटनामा बसका यात्रु उदयपुर सोरङ नगरपालिका– ४ बस्ने ३४ वर्षीय चित्रबहादुर थापा घाइते भएको र उनको दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगिएको जनाइएको छ ।

घाइते चित्रबहादुर थापा उपचारपछि घर फर्किएको प्रहरी उपरीक्षक प्रधानले बताए । बसका चालक बेदाबहादुर चौलागाई, सहचालक भीमबहादुर तामाङलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *