पोखरामा एन्फा रेफ्री कोर्ष सुरु

डिसी नेपाल
१९ पुष २०७६ २०:२०

काठमाडौं । कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरीय एन्फा रेफ्री कोर्ष सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल खेलमा रेफ्रीको भूमिकालाई मध्यनजर राख्दै शनिबारबाट कोर्षको आयोजना गरेको हो ।

आगामी पुस २५ गतेसम्म सन्चालन हुने कोर्षमा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, बाग्लुङ, नवलपुर, तनहु, गोरखा, मनाङ र लमजुङ जिल्लाका कुल ४१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

प्रशिक्षण दौरान प्रशिक्षार्थीलाई फिफाको लज अफ दि गेमको ज्ञान दिईने छ भने फिटनेश सम्बन्धि प्रशिक्षण गराईने छ । उक्त दुवै परिक्षामा उत्तिर्ण हुनेलाई एन्फा रेफ्री ब्याच प्रदान गरिने छ । उक्त कोर्षको टेक्निकल सम्बन्धि प्रशिक्षण पूर्व फिफा रेफ्री सुरेन्द्र सिख्राकार, फिफा रेफ्री सुदिस कुमार पाण्डेले दिने छन् भने फिटनेश सम्बन्धि प्रशिक्षण पूर्व फिफा सहायक रेफ्री किरण गिरीले दिने छन् ।

उक्त कोर्षको उदघाटन गण्डकी प्रदेश खेलकुद पत्रकार मन्चका अध्यक्षी एकराज गिरीले गरेका थिए । कार्यक्रममा कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ, गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष धरम वहादुर लामिछाने, एन्फाका उपाध्यक्ष कृष्ण वहादुर थापा लागयतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *