टिपरको ठक्करबाट एक महिलाको मृत्यु

डिसी नेपाल
१९ पुष २०७६ २१:२९

धनुषा । टिपरको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका–६ का ४५ वर्षीया सुधादेवी ठाकुरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम–७ स्थित पगलाबाबा धर्मशाला नजिक ना१क ४५०९ नंको टिपरले ठक्कर दिदाँ गम्भीर घाइते भएका सुधाको उपचारका क्रममा जानकी हेल्थ केयर सेन्टरमा शनिबार मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *