बार्सिलोनाले गुमायो २ अंकको अग्रता, रियल मड्रिडसँग अंक तालिकामा बराबरी

डिसी नेपाल
२० पुष २०७६ ८:४१

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना इस्पनियोलसँग २-२ गोलको बराबरीमा रोकिएको हो । यससँगै बार्सिलोनाले तालिकामा यसअघिको २ अंकको अग्रता गुमाएको छ ।

बार्सिलोनाका लागि लुइस स्वरेज र अर्टूरो भिडालले एक एक गोल गरेका थिए भने इस्पानियोलका लागि डेविड लोपेज र उ लीले एक एक गोल गरेका थिए । इस्पानियोलका लागि लीले खेलको ८८औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । ली बार्सिलोनाविरुद्ध गोल गर्ने पहिलो चिनियाँ खेलाडी समेत बनेका छन् ।

यता बार्सिलोना भने खेलको ७५औ मिनेटमा फ्रेन्की डि जोंगले दोहोरो पहेलो कार्ड पछि रातो कार्ड खाएर मैदान छोड्दा १० खेलाडीमा सिमित भएको थियो ।

यो बराबरीपछि बार्सिलोना १९ खेलमा ४० अंकसहित शिर्ष स्थानमा रहेको छ भने रियल म्याड्रिडको समेत १९ खेलमा ४० अंक रहेको छ । गोल अन्तरको आधारमा रियल दोस्रो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोनालाई बराबरीमा रोकेको इस्पानियोलको भने १९ खेलमा ११ अंक रहेको छ भने लिगमा पुछारमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *