एमएम कपमा त्रिभुवन आर्मी क्लबका कुशल मल्लको विष्फोटक अर्धशतक

डिसी नेपाल
२० पुष २०७६ १२:०३

इनरुवा । इनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबका कुशल मल्लले अर्धशतक प्रहार गरेका छन । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ३२ बलमा ३ चौका र ६ छक्काको मद्दतले ५३ रन प्रहार गरेका हुन् ।

इनरुवा क्रिकेट मैदानमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले टस जितेर ब्याटिङ गर्ने निणय थियो । त्रिभुवन आर्मी क्लबका लागि ओपनर राजु रिजाल ९ रनको व्यक्तिगत स्कोरमा सूर्य तामाङको बलमा विकेट किपर मोहम्द आसिफ शेखको हातबाट क्याच आउट हुन पुगे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हरि चौहान बसन्त रेग्मीको बलमा शंकर रानाको हातबाट शुन्य रनमा क्याच आउट हुन पुगे ।

यो समाचार तयार पार्दा सम्म त्रिभुवन आर्मी क्लबको स्कोर ओभरमा २ विकेटको क्षतिमा १२३ रन रहेको छ । त्रिभुवन आर्मी क्लबका लागि सुरुवाती ११मा कप्तान बिनोद भण्डारी, रोहित कुमार पौडेल, भिम सार्की, कुशल मल्ल, राजेश पुलामी मगर, बिक्रम सोब, राजु रिजाल, सुसन भारी, हरि बहादुर चौहान, शाहब आलम र अनिल कुमार मण्डल रहेका छन् ।

सशस्त्र प्रहरी क्लब नेपालको सुरुवाती ११मा कप्तान बसन्त रेग्मी, शंकर राना, मोहम्द आसिफ शेख, पृथु बास्कोटा, अमर सिंह रौटेला, कमल सिंह एरी, समित महर्जन, सूर्य तमाङ, अबिनाश बोहोरा र सन्दिप जोरा रहेका छन । ग्रुप ए को आज पहिलो खेलमा निर्धारित ५० ओभरको खेल खराब मौसमको कारण ४७ ओभरमा छोटयाईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *