मलेसियामा सम्पन्न ‘मिसेस टुरिजम एम्बेस्डर’ को ताज नेपाली चेली शिलास्मालाई

डिसी नेपाल
२० पुष २०७६ १३:२०

मलेसिया । मलेसियाको क्वालालम्पुरमा शनिबार सम्पन्न ‘मिसेस टुरिजम एम्बेस्डर वर्ल्ड २०२०’को फाइनलमा नेपाली चेली शिलास्मा हमाल मल्लले ताज हात पारेकी छन् । शिलास्माले अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउदै विजेता भएकी हुन् ।

प्रतियोगितामा २१ देशका महिलाहरूले भाग लिएका थिए । एशिया, युरोप, अफ्रिका लगायतका महाद्वीपका २१ जना प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेस टुरिजम एम्बेस्डर वर्ल्ड २०२० का ताज चुमेकी हुन् । विभिन्न चरणपछि फाइनलमा पुगेकी शिलास्माले अन्तत उत्कृष्ट हुँदै वर्ल्ड तर्फको शीर्ष उपाधि र ताज जितेकी छिन् ।

नेपालबाट प्रतियोगिताको लागि मोडल तथा मिसेस टुरिजम एम्बेसडर २०२० विजेता शिलास्मा हमाल मल्लले प्रतिनिधित्व गरेकी थिइन् । प्रतिस्पर्धामा युनिभर्स तर्फको ताज भने मलेसियाले जितेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *