ए डिभिजन लिगः पाँचौ चरणको खेल सकिँदा शीर्ष ६ भित्र रहने पुलिसको लक्ष्य

डिसी नेपाल
२० पुष २०७६ १८:३७

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले पाँचौ चरणको लिगमा शीर्ष ६ भित्र पर्ने लक्ष्य लिएको बताएका छन्।

चौथो चरणका खेल सम्पन्न हुँदा पाँचौ स्थानमा रहेको पुलिसका प्रशिक्षक अनन्त थापाले पछिल्ला खेलमा पारेको जितले खेलाडीमा प्रेरणा मिलेको बताए । उनले खेल अझै राम्रो गर्नका लागि आफ्नो टोलीले अझै मेहनत गर्नु पर्ने बताए ।

थापाले लिगका पाँचौ चरणका खेल स्थिगित भएको दिन आइतबार पुलिसका खेलाडी भोला सिलवाल, रविन श्रेष्ठ र सुमन सुवेदीले शत प्रतिशत दिएर खेल्दै टोलीलाई सम्मान जनक स्थानमा पु¥याउने बताए ।

जारी लिगमा विभागीय टिममध्ये त्रिभुवन आर्मी सबैभन्दा माथि ९ अंकसहित तेस्रो स्थानमा छ भने पुलिस ७ अंकसहित पाँचौं र एपिएफ ४ अंकसहित १० औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *