जापानमा कार्यस्थलमै एक नेपालीको मृत्यु

डिसी नेपाल
२० पुष २०७६ १९:२२

टोकियो । जापानमा एक नेपालीको मृत्यु भएको छ । गल्कोट ताराखोला गाउँपालिका– ३ बाग्लुङ स्थायी घर भई हाल रोजगारीको सिलसिलामा आफ्नो परिवारसँग टोकियोमा बस्दै आएका ४४ वर्षीय टेकचन चालिसेको मृत्यु भएको हो ।

गएको बिहीबार रेस्टुरेन्टमा काम गर्दै गर्दा रिँगटा लागेर एक्कासि लडेपछि साथमा काम गर्ने सहयोगीले एम्बुलेन्सलाई खबर गरे पनि एम्बुलेन्स आउनु पूर्वनै उनको मृत्यु भएको गल्कोट समाज जापानका महासचिव कृष्ण केसीले डिसी नेपाललाई जानकारी दिए । अस्पताल स्रोतका अनुसार उनको मृत्यु हृदयघातका कारण भएको हो ।

मृतक चालिसेको अन्त्येष्‍टि यही जनवरी ७ तारिख मंगलवारका दिन जापानमै गरिने भएको छ । गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीले जापानवासी नेपालीलाई अन्त्येष्‍टि कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन् ।

अन्त्येष्‍टि बारे-

स्थान : Tokyo To Suginami Ku Umezato 1-2-27 Tel. 03-3311-2324 (from 8 min walk from Marunouchi line Shin Koenji station Exit No. 1 and 2) Marunouchi Saizou :

समय : १:४५ बजे

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *