ब्रेकिङः इराकले अमेरिकी सेनालाई देश छोड्न भन्यो

डिसी नेपाल
२० पुष २०७६ २१:०४

बग्दाद (एजेन्सी) । इराकले आफ्नो देशबाट सबै विदेशी सेनालाई हट्न भनेको छ। इराकी संसदले आइतबार एक प्रस्ताव पारित गर्दै सबै विदेशी सेनालाई इराकबाट हट्न भनेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्।

२००३ को इराक युद्धपछि अमेरिकी सेना इराकमा छ। इराकी संसदको यो प्रस्ताव गएको शुक्रबार बग्दादमा अमेरिकी आक्रमणमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि आएको हो।

यसअघि पनि इराकमा अमेरिकी सेनाले हवाई आक्रमण गरेपछि इराकी कार्यबाहक प्रधानमन्त्रीले अमेरिकाको आक्रमण आफ्नो देशको सम्प्रभुताको उल्लंघन भएको भन्दै अमेरिकासँग रक्षा नीतिमा समिक्षा गर्ने बताएका थिए। हाल इराकमा करिब ५ हजार अमेरिकी सेना रहेका छन्।

अमेरिकाले २००३ मा इराकमा आक्रमण गरी तत्कालीन इराकी शासक सब्दाम हुसेनको सत्ता पतन गराएको थियो। साथै अमेरिकाले हुसेनलाई फासीको सजाय समेत दिएको थियो। त्यसयता इराकमा अमेरिकी कठपुतलि सरकार बन्दै आएका थिए। तर, इरान र अमेरिकाबीच बढ्दो तनावको चपेटामा इराक परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *