चेल्सी एफए कपको चौंथो चरणमा, टोटेनहमले ‘रिप्ले’ खेल्नुपर्ने

डिसी नेपाल
२० पुष २०७६ २२:२६

एजेन्सी । चेल्सी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । आइतबार भएको तेस्रो चरणको खेलमा नोटिङघम फोरेस्टलाई २–० गोल अन्तरले पराजित गर्दै चेल्सी चौंथो चरणमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन कलुम हड्सन र रोस बार्क्लीले एक एक गोल गरे । स्टामफोर्ड ब्रिजमा खेलको सातौं मिनेटमा हड्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३३ औं मिनेटमा बार्क्लीले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।

टोटेनहम भने च्याम्पियनसिप क्लब मिडल्सबर्गसँग १–१ गोलको बराबरीमा रोकिएको छ । बराबरीसँगै टोटेनहमले मिडल्सबर्गसँग पुनः रिप्ले खेल खेल्नु पर्ने भएको छ ।

यस्तै सेफिल्ड युनाइटेडले एएफसी फ्लेडलाई २–(१ ले हराएर चौंथो चरणमा प्रवेश गर्दा क्रिस्टल प्यालेस डर्बी काउन्टीसँग १–० ले पराजित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *