अष्ट्रेलियाको सिड्नीमा ‘माघी फेस्टिवल-२०२०’ आयोजना हुने
सिड्नी । थारु सोसाइटी सिड्नीअष्ट्रेलियाले यही जनवरी १५ बुधवारको दिन अर्थात् माघ १ गते माघी पर्व (माघी फेस्टीवल २०२०) आयोजना गर्ने भएको छ।
थारु समुदायको साथमा अन्य नेपाली जनसमुदायको बाक्लो बसोबास रहेको सिड्नी स्थित टेम्पे पार्कमा यस कार्यक्रमको आयोजना हुने आयोजकले जनाएको छ।
मकर संक्रान्तीसमेत भनिने यस चार्ड लाई नेपालमा छरिएर रहेका सम्पूणं थारू समुदायका धार्मीक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताहरूसँग यो पर्व जोडिएको छ।
कार्यक्रममा थारु समुदायको पूर्व मेची देखि पश्चिम महाकालीसम्मको कला, सँस्कृति झल्कने पहिरन, परम्परागत खाद्य–परिकारहरुको व्यवस्था गरिने तथा थारु कलाकारहरुले आफ्नै भाषाका गीतहरूमा नृत्य पस्किने, स्थानीय कलाकारहरूद्वारा बिबिध मनोरञ्जनात्मक प्रस्तुतीहरू प्रदान गरिने, साथमा सिड्नीका प्रख्यात डिजे नटकेसले सबैलाई संगीतमा झुमाउने लगायतका कार्यक्रमहरू रहेको फोटो ग्राफर पार्टनर समेत रहेको अरूण आर्यन चौधरीले जानकारी दिए ।

अष्ट्रेलियामा रहेका थारु समुदायको दोस्रो संस्करणात्मक यो कार्यक्रमले नेपाली समुदायमा माया, सद्भाव र एकताको भावना जगाउने धारणा थारु अगुवाहरुले राखेका थिए ।
साथमा शीघ्र नयाँ कार्यक्रमहरूको बारेमा संस्थाले सबैलाई जानकारी गराउने पनि जनाईएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment