एमएम कपः एपिएफले टस जितेर ब्याटिङ गर्दै

डिसी नेपाल
२१ पुष २०७६ १०:३७

इनरुवा । इनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत आज हुने खेलमा सशस्त्र प्रहरी क्लब नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । इनरुवा क्रिकेट मैदानमा निर्धारित ५० ओभरको खेल खराब मौसमको कारण ४५ ओभरमा छोटयाइएकोे खेलमा एपिएफले टस जितेको हो ।

सशस्त्र प्रहरी क्लब नेपालको सुरुवाती ११ मा कप्तान बसन्त रेग्मी, शंकर राना, प्रदिप सिंह ऐरी, सुमित मर्हजन, सन्दिप जोरा, पृथु बास्कोटा, प्रज्वल शाही, अमर सिंह रौटेला, यज्ञमान कुमाल, सुर्य तामाङ र इर्साद अहमद रहेका छन् ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसी) को सुरुवाती ११ मा कप्तान सरोज बस्नेत, सोनु मण्डल, बिबेक मेहता, राकेश सोनी, रवि रोय, भुपाल लुईटेल, सुशान्त तिमल्सीना, अल्फाज मन्सुरी, रुपेश श्रीबास्तब, रेबती रमन यादब र सौगात भटराई रहेका छन । समूह ए अन्र्तगत हिजो भएको पहिलो खेलमा एपिएफ आर्मी संग १०८ रनले पराजित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *