नेयमार र एम्बाप्पे नखेलेको खेलमा पिएसजीले हान्यो आधा दर्जन गोल

डिसी नेपाल
२१ पुष २०७६ १०:४६

काठमाडौँ । पिएसजी कोपा डे फ्रान्सको अर्को चरणमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले लिनास मोन्थेरीमाथि ६-० को फराकिलो जित हासिल गरेको छ ।

पिएसजीको जितमा एडिसन कभानी र पाब्लो सरबियाले २-२ गोल गरेका थिए भने अदिल ओउचिची र चोउपो मोटिंगले एक एक गोल गरेका थिए । आफ्ना प्रमुख खेलाडी किलियन एम्बाप्पे, नेइमार र माउरो इकार्डीलाई आराम दिइएको यस खेलमा पिएसजीले सहज जित हासिल गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *