लिभरपुल एफए कपको चौथो चरणमा

डिसी नेपाल
२१ पुष २०७६ १०:४९

काठमाडौँ । लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुल एफए कपको चौथो चरणमा पुगेको हो ।

लिभरपुलको जितमा युवा खेलाडी कर्टिस जोन्सले गोल गरेका थिए । १८ बर्षिय जोन्सले खेलको ७१औ मिनेटमा गोल गर्दै लिभरपुललाई जिताएका थिए ।

लिभरपुलले एफए कपलाई कप प्राथमिकता दिदै आफ्नो मुख्य टिमलाई यस खेलमा खेलाएको थिएन तर युवा टिम समावेश गरिएको यस खेलमा लिभरपुलले एभर्टनमाथि दबाब बनाउदै जित निकाल्न सफल भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *