एमएम कपः एपिएफका सुमित महर्जनको अर्धशतक

डिसी नेपाल
२१ पुष २०७६ १२:५२

इनरुवा । ईनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी क्लबका सुमित महर्जनले अर्धशतक प्रहार गरेका छन । आज बिहान निर्धारित ५० ओभरको खेल खराब मौसमको कारण ४५ ओभरमा छोटयाइएकोे खेलमा एपिएफले टस जितेको थियो ।

सशस्त्र प्रहरी क्लब नेपालका लागि ओपनर प्रज्वल शाही पहिलो ओभरको तस्रो बलमा शुन्य रनमा आउट हुदा अर्का ओपनर शंकर राना सरोज बस्नेतको बलमा रबि रोयको हातबाट ३६ रन बनाएर क्याच आउट भएका थिए । तेस्रोे नम्बरमा ब्याटिङ गर्न आएका प्रदिप सिंह ऐरी १९ रन बनाउदै सोनु मण्डलको बलमा सोनुको हातबाटै क्याच आउट भएका थिए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका सुमित महर्जनले एपिएपका लागि ६५ बलमा ३ चौकाको मद्दतले अर्धशतक प्रहार गरेका छन ।

बलिङमा मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसी) का लागी सरोज बस्नेतले ८ ओभरमा १ मेडन सहित ३० रन दिएर ४ विकेट, भुपाल लुईटेल र सोनु मण्डलले समान १–१ विकेट लिएका छन । समूह ए अन्र्तगत हिजो भएको पहिलो खेलमा एपिएफ आर्मी संग १०८ रनले पराजित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *