एमएम कपः सुमितको सानदार ब्याटिङ संगै एपिएफले एमएमसीलाई २०५ रनको लक्ष्य दियो

डिसी नेपाल
२१ पुष २०७६ १३:२८

ईनरुवा । ईनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिबसीय क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको खेलमा सशस्त्र प्रहरी क्लबले अयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसी) लाई २०५ रनको लक्ष्य दिएको छ । आज बिहान निर्धारित ५० ओभरको खेल खराब मौसमको कारण ४५ ओभरमा छोटयाईएकोे खेलमा एपिएफले टस जितेर ब्याटिङ गर्ने निणय गर्दै सबै विकेट गुमाएर २०४ रन बनाएको थियो ।

सशस्त्र प्रहरी क्लब नेपालका लागी ओपनर प्रज्वल शाहि पहिलो ओभरको तस्रो बलमा सुन्य रनमा आउट हुदा अर्का ओपनर शंकर राना सरोज बस्नेतको बलमा रबि रोयको हातबाट ३६ रन बनाएर क्याच आउट भएका थिए । तेस्रोे नम्बरमा ब्याटिङ गर्न आएका प्रदिप सिंह ऐरी १९ रन बनाउदै सोनु मण्डलको बलमा सोनुको हातबाटै क्याच आउट भएका थिए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका सुमित मर्हजनले एपिएपका लागी १०७ बलमा ७ चौकाको मद्दतले अर्धसकतक प्रहार गर्दै ८३ रन बनाएका थिए । त्यस्तै पृथ बास्कोटा ५, सन्दिप जोरा र बसन्त रेग्मी समान १२–१२ रन, अमर सिंह रौटेला ९, ईर्साद अहमद ३, यज्ञमान कुमाल ५ र सुर्य तामाङले ३ रन बनाएका थिए ।

बलिङमा मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसी) का लागी सरोज बस्नेतले ९ ओभरमा १ मेडन सहित ३९ रन दिएर ४ विकेट, भुपाल लुईटेल, सोनु मण्डल र अल्फाज मन्सुरीले समान २–२ विकेट लिएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *