अष्ट्रेलिया आगलागीः नेपालद्वारा दुःख व्यक्त

डिसी नेपाल
२१ पुष २०७६ १६:३२
12
Shares

काठमाडौं। अष्ट्रेलियामा आगालागीले व्यापाक जनधनको क्षति पुर्याएपछि नेपालले सोमबार दुःख व्यक्त गरेको छ। परराष्ट्रमन्त्रालयका अनुसार सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार आफ्ना अष्ट्रेलियन सकमक्षकी मराइज प्यानलाई समवेदना पत्र पठाएका छन्।

पत्रमा मन्त्री ज्ञवालीले आगलागीका कारण अष्ट्रेलियामा करोडौं पशुपंक्षी तथा केही मानिसहरुको मृत्यु भएको र व्यापक सम्पत्तिको क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्। उनले यो विपत्तले पुर्याएको क्षतिबाट अष्ट्रेलियाका जनता तथा सरकारलाई पर्न गएको पीडामा नेपाल पनि दुःखी भएको उनले बताएका छन्।

अष्ट्रेलिया सरकार तथा जनतालाई यो विपत्तसँग लड्ने शक्ति मिलोस भन्ने कामनासमेत गर्दै मन्त्री ज्ञवालीले आगलागीले पुर्याएको क्षति परिपूर्ति गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *